सानी छोरीसँग भिडियोमा कुरा गर्दै बुवाले लगाए घाँटीमा पासो | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सानी छोरीसँग भिडियोमा कुरा गर्दै बुवाले लगाए घाँटीमा पासो

एजेन्सी, २८ भदौ । ५ वर्षकी छोरीसँग भिडियोमा कुरा गर्दागर्दै एक पिताले झुण्डिएर आत्महत्या गरेका छन् । यो घटना भारतको हो । मधुबनी जिल्लाको लहरेसयागंज मोहल्लेस्थित एक होटलमा एक युवकले सानो छोरीसँग कुरा गर्दै पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

घटना मंगलबार रातिको हो । मृतक ४४ वर्षीय रामअनुप कुमार झारखण्डको सरायकेला–खरसावामा बस्दै आएका थिए । अनुप एक निजि टेलिकम कम्पनीको पटना शाखामा कार्यरत थिए । उनी कार्यालयकै कामको शिलसिलामा मधुबनी पुुगेका थिए ।

मृतककी पत्नी सोनी कुमारीले प्रहरीमा लिखित बयान पनि दिएकी छिन् । छोरीसँग भिडियो कल गर्दै अनुपले पासो लगाएपछि परिवारमा हल्लीचल्ली नै मच्चिएको थियो । होटलकै अर्का कोठाका साथीहरुले होटल प्रबन्धकलाई बोलाएर ढोका खोल्न लगाएका थिए । उनलाई अस्पताल पुराएपनि चिकित्सकहरुले तुरन्तै मृत घोषणा गरेका थिए ।

मृतककी पत्नीले अनुप केही दिन यता उदास रहेको बताएकी छिन् । File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);