काठमाडौं, २८ भदौ । नेपाल शिक्षक महासंघले देशभरीका सबै विद्यालय ठप्प पारी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रीय आन्दोलन गर्ने घोषणा गरेको हो ।
बुधबारक एक बिज्ञप्ती जारी गर्दै फेरी एकपटक शिक्षक कर्मचारीलाई धोका दिएको उल्लेख गर्दै शिक्षक कर्मचारीलाई आक्रोसित बनाएको महासंघले जनाएको छ ।
अब काठमाडौं केन्द्रीत आन्दोलन गर्नुको विकल्प नभएको पनि महासंघको भनाइ छ । थप आन्दोलनका लागि तयारी अवस्थामा रहन पनि आफुमातहतका सबै संघ संस्थाहरुलाई समेत महासंघले आग्रह गरेको छ ।