सीआईबीले सार्वजनिक गर्यो सुन तस्करीमा प्रयोग भएका सामाग्री | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

सीआईबीले सार्वजनिक गर्यो सुन तस्करीमा प्रयोग भएका सामाग्री

काठमाडौं, २७ भदौ । करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ५० जनालाई प्रतिवादी बनाएको छ । रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको हो ।

५० मध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ पर्नेमा २३ जना नेपाली र ९ विदेशी नागरिक छन् । फरार हुनेमा माओवादी उच्च नेताहरुसँग जोडिएकी रोका पनि हुन् । सीआईबीले आज सो प्रकरणमा प्रयोग भएका सामान समेत सार्वजनिक गरेको छ । सुन गाल्न प्रयोग गर्ने भाँडाहरु, केमिकल, ब्रेक प्याडलगायतका सामान छन् ।

सीआईबीले आज सरकारी वकिलको कार्यालयमा सुन तस्करीको प्रतिवदन बुझाउदै छ । अमला प्रहरीको हिरासतमा रहेका चिनियाँ मुलका दावाको पत्नी हुन् । उनी माओवादी निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको समेत पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);