टिचिङ अस्पतालबाट निकालियो नेम्वाङको शव, पार्थिव शरिर दिनभर पार्टी कार्यालयमा राखिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

टिचिङ अस्पतालबाट निकालियो नेम्वाङको शव, पार्थिव शरिर दिनभर पार्टी कार्यालयमा राखिने

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

आज दिन भर च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । संविधान सभा अध्यक्ष नेम्वाङको गए राति ह्दयघातबाट निधन भएको थियो ।

मंगलबार बिहान निधन भएका नेम्वाङको पार्थिव शरिर श्रद्धान्जलीका लागि राखिने भएको हो । उनका दुवै छोरा विदेशमा भएकाले उनीहरु आएपछि मात्रै बुधबार अन्तेष्टि गरिने जनाइएको छ ।

नेम्वाङको राजकिय सम्मानका साथ अन्तेष्टि गर्ने मन्त्रिपरिषदको बैठकले निर्णय गरिसकेको छ । उनको अन्तेष्टि गरेको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply