देउवाले मसँग सल्लाह गर्नुभएको भए थप पाँच सिट जित्न सकिन्थ्यो : सुजाता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देउवाले मसँग सल्लाह गर्नुभएको भए थप पाँच सिट जित्न सकिन्थ्यो : सुजाता

माउन्टेन टेलिभिजनले सञ्चालन गरेको कार्यक्रम  ‘राजनीति’मा बोल्दै पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनमा पार्टी पराजित हुनुको कारणबारे  नयाँ खुलासा गरेकी छन्  । माउन्टेन टेलिभिजनकी मञ्जु कार्कीसँग कोइरालाले आफ्ना कुरा यसरी राखिन्:

देशमा चुनाव सम्पन्न भयो । यो खुशीको कुरा हो । सुशिल कोइरालको नेतृत्वमा संविधान बन्यो । शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भयो । यो कांग्रेसका लागि ठूलो जित हो । अब राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । यसमा सभापति देउवा लागि रहनुभएको छ।

नेपाली कांग्रेसले चुनावमा पराजित हुनुका कारण केलाउनु पर्छ । कांग्रेस कमजोर छैन । हामीले अझै पनि गलत काम गर्दै गयौ भने अगामी चुनावमा हाम्रो अवस्था अझै नराम्रो हुँदै जान्छ ।

त्यसैले कांग्रेसले कमजोरी सुधार्नु पर्छ । नेपाली कांग्रेसको नेतृत्वमा देशमा ठूला आन्दोलन भयो । जुन राम्रो कुरा हो । हामी समाजवादी पार्टी हौं । राष्ट्रियताको सवालमा कांग्रेसमा कमजोरी देखिएको छ ।

अहिले कांग्रेसको छवि गिरेको छ । हामीले राष्ट्रियता प्रजातन्त्र र समाजवादलाई अंगिकार गर्दै अघि बढ्नु पर्छ । सहमति, सहकार्य र एकता कांग्रेसले विर्सिएर गलत बाटोमा गएकाले पार्टीमा ठूलो चुनौती थपिएको छ ।

पार्टी मिलाउने नेतृत्वले हो । देउवाजीले चुनाव गराउनु भो । त्यो सारै राम्रो गर्नु भो । राम्रोलाई राम्रो भन्नुपर्छ । नराम्रोलाई नराम्रो भन्नुपर्छ । उहाँको संगठनमा कमी कमजोरी देखियो । उहाँको गुटसँग मात्र सल्लाह गर्ने बानी रैछ । अहिले आएर म चिन्दै छु । मान्छे उहाँ आफैमा नराम्रो होइन ।

पुराना नेताले देखाएका मार्ग दर्शनलाई हामीले विर्सिएर गलत बाटोमा गएकाले पार्टीका लागि ठूलो चुनौती थपियो । अब पनि हामीले गुटबन्दीलाई समाप्त पार्न सकेनौ भने पार्टीको भविष्य राम्रो हुने छैन । पाटीमा सबैभन्दा कमजोरी भनेको गुटबन्दी हो । गुटबन्दीले पार्टी चल्दैन ।

पार्टी मिलाउने नेतृत्वले हो । देउवाजीले चुनाव गराउनु भो । त्यो सारै राम्रो गर्नु भो । राम्रोलाई राम्रो भन्नुपर्छ । नराम्रोलाई नराम्रो भन्नुपर्छ । उहाँको संगठनमा कमी कमजोरी देखियो । उहाँको गुटसँग मात्र सल्लाह गर्ने बानी रैछ । अहिले आएर म चिन्दै छु । मान्छे उहाँ आफैमा नराम्रो होइन ।

तर, उहाँले जो सँग सल्लाह गर्नु हुन्छ तिनीहरुले उहाँलाई सहि सल्लाह दिएका छैनन् । उहाँले पार्टीमा अनुभव भएकासँग पनि सल्लाह लिनुपर्छ । उहाँले मसँग अहिलेसम्म सल्लाह लिनु भएको छैन । देउवाजीले मसँग सल्लाह गर्नुभएको भए चुनावमा थप पाँच सिट जित्न सकिने थियो । पुरा भिडियो हेर्नका लागि तलको फोटोमा थिच्नुहोस>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);