काठमाडौं, २ माघ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तत्काल पार्टी नेतृत्व परिवर्तन नहुने दाबी गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवामाथि राजीनामा दिन दवाव परिरहेका बेला नेता भण्डारीले तत्काल नेतृत्व परिवर्तन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले केन्द्रिय समिति बैठकले महासमिति बैठक बोलाउने र त्यसले तय गरेको महाधिवेशनले मात्रै नयाँ नेतृत्व चयन गर्ने योजना पनि अघि सारे । नेता भण्डारीले मुलुकलाई विग्रन नदिने गरी काँग्रेसमा सुधार ल्याउने दावी गरे ।
नेता भण्डारीले कम्युनिष्टहरुले मुलुकलाई विगार्न खोजे खवरदारी गर्न पनि काँग्रेसलाई विधिसम्मत ढंगले सुधार गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । पार्टीमा सुधार एजेन्डाले ल्याउने उनले स्मरण गराए ।




