काठमाडाैं–निजगढ द्रुतमार्गको डीपीआर सेनाले आफैं बनाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

काठमाडाैं–निजगढ द्रुतमार्गको डीपीआर सेनाले आफैं बनाउने

काठमाडाैं, २ माघ । काठमाडाैं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ । नेपाली सेनाले मंगलबार सैनिक मुख्यालय भद्रकालीमा पत्रकार सम्मेलन गरी काठमाडाैँ– निजगढ द्रुतमार्गको डिपीआर आफैंले बनाउने जानकारी गराएको हो ।

भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार परेको डिपीआर महंगो भएपछि नेपाली सेना आफैं डिपीआर बनाउन तयार भएको हो । डिटेल इन्जिनियरिङ गर्न आह्वान गरिएको कन्सल्टेन्टहरुबाट आवश्यक थप अध्ययन गराई आयोजनाको डीपीआर तयार गरिने आयोजनाका उपनिर्देशक सहायक रथी सूर्यप्रसाद खनालले जानकारी दिए ।

नेपाली सेनाले द्रुतमार्ग भित्र परेका जग्गाको मुआब्जा र घरटहराहरुको क्षतिपूर्तिसम्बन्धि सम्पूर्ण कार्यहरु आगामी ६ महिना भित्र सम्पन्न गर्ने योजना बनाएको छ ।

द्रुतमार्गको कामलाई अघि बढाउन फिल्डमा ३ सय ३१ जना सैनिक परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । लामो विवादपछि गत बैशाख २१ गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले दु्रतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);