पोखरा विमानस्थलबाट दोस्रो पटक चार्टर उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोखरा विमानस्थलबाट दोस्रो पटक चार्टर उडान

कास्की, भाद्र २३
पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ । शनिवार पहिलोपटक भूटानको ड्रुक एअरले व्यावसायिक उडान भरेको हो । भूटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो । भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए । पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताउनु भयो । उहाँले भारतसँग कुरा मिलेपछि चाँडै नै विमानस्थलबाट उडान शुरु हुने बताउनु भयो ।

सञ्चारकर्मीसँगको कुराकानीमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनिसकेपछि पनि सञ्चालन हुने की नहुने भन्ने दोधार भएको भन्दै अब भने पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार छ भन्ने सन्देश गएको बताउनु भयो । उहाँले अब नियमित उडान सेप्टेम्बरपछि हुनसक्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी गराउनुभएको भन्दै उहाँले चीन उडानका लागि तयार भएपनि भारतसँग पनि छलफलबाट समस्या समाधान गरे उडान नियमित हुन कठिनाइ नहुने बताउनु भयो ।

यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);