सुनिल र बिषाखाको ‘गुँडैले चरी’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

सुनिल र बिषाखाको ‘गुँडैले चरी’ सार्वजनिक

काठमाडौं, २२ भदौ । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् ।

गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ । फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई विशाल थापाले खिचेका हुन् ।

गीतको भिडियोलाई फराज अर्पणले सम्पादन तथा रङ संयोजन गरेका छन् । इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);