काठमाडौं,२२ भदौ । गायक प्रमोद खरेलले प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । प्रतिलिपी अधिकार उल्लंघन मुद्दामा विन्धवासिनी म्यूजिक प्रा.लि.का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको हो ।
न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।
गायक खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
सोही उजुरीकै आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।