काठमाडौं, २१ भदौ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा प्रधानमन्त्रीको निकट भविष्यमा हुने विदेश भ्रमणका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै आज नै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा छलफल हुनेछ ।
भने बिहान १०ः३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिमा आएका शिक्षासम्बन्धी उजुरीका सम्बन्धमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) र सरोकारवालाहरुसँग छलफल हुनेछ ।




