टर्कीको मुद्रास्फिती ५८.९४ प्रतिशत पुग्यो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

टर्कीको मुद्रास्फिती ५८.९४ प्रतिशत पुग्यो

एजेन्सी, १९ भदौ । टर्कीको वार्षिक मुद्रास्फिती अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो ।

टर्किस तथ्यांक संस्थानको तथ्यांकले अगस्टमा उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मासिक ९.०९ प्रतिशतले बढेको देखाएको छ । सीपीआईले अक्टोबर २०२२ मा ८५.५१ प्रतिशतबाट जुन २०२३ मा ३८.२१ प्रतिशतमा लगातार गिरावट आएको बताएको छ ।

वार्षिक मुद्रास्फिती जुलाईमा ४७.८३ प्रतिशतले बढेको र यो गत वर्षको अक्टोबरपछि पहिलो पटक बढेको बताइएको छ । अगस्ट २४ मा टर्कीको केन्द्रिय बैंकले मुद्रास्फिती नियन्त्रण गर्न १७.५ प्रतिशतबाट २५ प्रतिशतमा ७५० आधारबिन्दु अपेक्षा भन्दा ठूलो ब्याजदर वृद्धि गर्ने घोषणा गरेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले पूर्वबैंकर हाफिज गे एरकानलाई केन्द्रिय बैंक गभर्नर र मेहमेट सिमसेकलाई ट्रेजरी र वित्त मन्त्रालयको प्रमुखको रुपमा नियुक्त गरेपछि कृेन्द्रिय बैंकले नयाँ नियम लागू गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);