म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको बिदाई

काठमाण्डौ, १८
म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार एक कार्यक्रम गर्दै नेपाली टोलिको बिदाई गरेको हो ।

एन्फाका अनुसार नेपाली टोली सोमवार नै म्यानमार प्रस्थान गर्नेछ । यस खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आईतवार २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ । बिदाई कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपालको राष्ट्रिय टिममा पर्न सफल खेलाडीलाई बधाइ र बिदाई गर्दै आफ्नो कौसल पस्किँदै राम्रो खेल्न शुभकामना दिनुभयो ।

फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);