संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छः सांसद श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छः सांसद श्रेष्ठ

काठमाण्डौ, भाद्र १८

नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संघीयता कार्यान्वयनका निम्ति पहिलो शर्त नै जनशक्ति व्यवस्थापन रहेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो । मुलुक संघीय संरचनामा रहेको उल्लेख गर्दै उहाँले राज्यशक्तिको प्रयोग तीनवटै ठाउँबाट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘१८१ वटा कानून बनाउन बाँकी रैछन् । त्यसमध्ये १५१ वटा कानूनहरु संघसँग जोडिएका छन् । त्यसैगरी प्रदेशले २४ वटा कानून बनाउनुपर्ने । र स्थानीय तहले ६ वटा कानून बनाउनुपर्ने छ । संघले १५१ वटा मध्ये तत्काल नबनाइ नहुने कानूनहरु ४० वटा रहेका छन् ।

संघीयता कार्यान्वयनका निम्ति पहिलो शर्त भनेको तिन तहमा जनशक्ति व्यवस्थापन गर्नु हो । जबसम्म त्यो जनशक्ति व्यवस्थापन गर्दैनौँ, तबसम्म संविधान कार्यान्वयन हुन सक्दैन । त्यसो हुँदाखेरी शासकिय संरचनालाई हामीले संघ, प्रदेश र स्थानीय तहमा भनेपनि राज्यशक्तिको प्रयोग पनि तीनै ठाउँबाट हुनसक्छ । यसले गर्दा संघीयतालाई कार्यान्वयन गर्नका निम्तिपनि तीनै तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ भन्ने हामी सबैलाई लागेको विषय हो ।’

उहाँले सरकारले अत्यावश्यक रहेका विधेयकहरु पनि संसदमा ल्याउने प्रयत्न नगरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);