एशिया कपमा आज नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

एशिया कपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं, १८ भदौ । एशिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमवार (आज) भारतसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एशिया कपमा यो १५ औँ सहभागिता हो । आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५ औँ स्थानमा छ ।

आजको खेल जित्दै नेपाल सुपर चारमा आफूलाई सुरक्षित गर्न चाहन्छ भने भारत पनि आजको खेल जित्दै आफूलाई सुपर ४ मा सुरक्षित राख्न चाहन्छ । समूह एमा रहेको नेपालले पाकिस्तानसँग पहिलो खेलमा २३८ रनको पराजय व्यहोरेको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);