रुकुम पश्चिम,१८ भदौ । रूकुम पश्चिममा एकै घरका दाजु बहिनीको खोलाले बगाएर मृत्यु भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका–६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको हो ।
उनीहरूलाई स्थानीय नाउलाखोलाले बगाएको प्रहरीले जनाएको छ । मनोजको शव १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको हो ।
उनीहरू आधारभूत विद्यालय घर्तिकाँडामा अध्ययनरत थिए । मनोज कक्षा ३ र भावना कक्षा १ मा अध्ययनरत थिए । आइतबार दिउँसो हावाहुरीसँगै ठुलो वर्षा भएको थियो ।