तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १७ भदौ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको प्रश्तुती र छलफल हुनेछ ।

त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रश्तुति र हुनेछ भने बिहान ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य नम्बर ५ अन्तर्गत लैंगिक समानता तथा सामाजिक न्याय सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);