कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिटको सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

कोशीका मुख्यमन्त्री थापाविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौं, १७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’बिरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (आइतबार) सुनुवाइ गर्दैछ ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेका नेता हिक्मतबहादुर काकीले सत्तापक्षले संविधान विपरीत विश्वासको मत पाएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);