काठमाडौं, १५ भदौ । बझाङमा जङ्गली च्याउ खाएर दुई बालबालिकाको मृत्यु भएको छ । जङ्गली च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि मंगलबार उपचारका लागि उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। थप उपचारका लागि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरिएको थियो ।
डडेल्धुरा पु¥याउन नपाउदै उनको बाटोमै मृत्यु भएको हो । सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको हो । आमा पुनी कठायतको उपचार जारी छ ।