काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी कार्यालय नभत्काउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले राप्रपाको धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीशहरु शुुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन आदेश दिएको हो ।
निवेदकको कित्ता नं ७०७ मा निर्मित घरको सम्बन्धमा कुनै निर्णय भएको वा निवेदकलाई जानकारी दिएको नदेखिएकोले सो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म त्यहाँ निर्मित भवन नभत्काउन नियमावली २०७३ को नियम ४२९१० बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ ।
विद्युत प्रसारण लाइन मुनिको जग्गामा राप्रपाको कार्यालय निर्माण गरिएको भन्दै सो भवन भत्काउने काठमाडौं महानगरले निर्णय गरेको थियो ।