काठमाडौं, १५ भदौ । तातोपानी नाका आजदेखि खुल्ने भएको छ । चीनसँगको उत्तरी नाका चिनियाँ अधिकारीसँगको बैठकपछि आजदेखि खुल्ला हुन लागेको हो ।
२०७२ सालको भुकम्प र कोरोना महामारीपछि पुर्णरुपमा बन्द गरिएको सो नाका नेपाली महावाणिज्य दुतावासको पहलमा सो नाका भएर मानव आवतजावतका लागि खुल्ला गर्ने निर्णय भएको हो ।
यात्रुहरुको आवातजावत खुल्ला गर्ने भनिएपनि स्थानीयहरु लागि मात्र नाका खुल्ने स्रोतले जनाएको छ ।
अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरुले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउनेछन् ।