अमेरिकाका ४ राज्यमा सय बर्षकै सबैभन्दा खराब चक्रवात, २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

अमेरिकाका ४ राज्यमा सय बर्षकै सबैभन्दा खराब चक्रवात, २ जनाको मृत्यु

एजेन्सी, १५ भदौ । इडालिया चक्रवातले अमेरिकाका ४ राज्यमा विनाश मच्चाइरहेको छ । बुधबार फ्लोरिडाको बिग बेन्डमा अवतरणपछि आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ । फ्लोरिडापछि यो आँधी जर्जिया, नर्थ क्यारोलिना र साउथ क्यारोलिनातर्फ सरेको छ । जसका कारण जर्जिया र फ्लोरिडाका करिब ४ लाख ५ हजार मानिसको घरमा बिजुली पुगेको छैन ।

इडालिया आँधीका कारण करिब ९ सय उडान रद्द भएका छन् । ल्यान्डफलको समयमा चक्रवात वर्ग ४ बाट ३ श्रेणीमा सरेको थियो । जसका कारण हावाको गति २०० किलोमिटर÷घण्टा रहेको थियो । मौसम विभागका अधिकारीहरूका अनुसार इडालिया फ्लोरिडाको १ सय वर्षको इतिहासमा सबैभन्दा खराब आँधी हो। आँधीलाई ध्यानमा राख्दै चारै राज्यमा आपतकाल घोषणा गरिएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार चक्रवातका कारण धेरै पावर लाइनहरू क्षतिग्रस्त भएका छन् । यस बाहेक धेरै काउन्टीहरूमा, पसलहरू तीव्र हावाले ध्वस्त भएका छन् र केही व्यापारिक बस्तीहरूमा पनि आगो लागेको छ । फ्लोरिडाका ३० काउन्टीका मानिसहरूलाई बुधबार ल्यान्डफल हुनुअघि आफ्नो घर छोड्न आग्रह गरिएको थियो। राहत र उद्धारका लागि करिब ५५ हजार सैनिक परिचालन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);