गाडी भाडा फोन पेबाट टान्सफर गरेर कहाँ गए गुल्मपति पण्डित ! | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

गाडी भाडा फोन पेबाट टान्सफर गरेर कहाँ गए गुल्मपति पण्डित !

काठमाडौं, १४ भदौ । नेपाली सेनाका गुल्मपति विमल पण्डित बेपत्ता भएको आज ५ दिन पुगिसकेको छ । र पनि उनको अवस्था अज्ञात छ । ५ दिन बित्दापनि सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनै, नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साझ ५ बजे तिरबाट सम्पर्क विहिन भएका थिए उनी परिवारको सम्पर्कमा छैनन् ।

पण्डितको मोवाइलको अन्तिम लोकेशन ब्यारेकबाट १ घण्टा टाढा रहेको त्रिपुराकोटमा देखिएको छ । आइतबार साझ बजार घुमेर आउँछु भनि अंगरक्षकलाई ब्यारेक पठाएर पण्डित एक्लै बाहिर निस्किएका थिए । उनको मोबाइल पनि अफ छ । गुल्मपतिको खोजी गर्न नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

डोल्पा प्रमुख जिल्ला अधिकारी भुमिश्वेर पोख्रलको अनुसार गुल्मपति पण्डित गाडी रिजर्भ गरेर त्रिपुरा गएका थिए । पोख्ररेलका अनुसार चालकलाई दिने नगद नभएर उनले फोन पे बाट एक होटल सञ्चालकमार्फत साढे ६ हजार रुपैयाँ दिएर माथि बजार तर्फ लागेका थिए । सोही क्रममा उनी एक होटलमा पुगे र सुत्ने बस्ने खाने ब्यवस्था छ की छैन् ? भन्ने प्रश्न पनि गरेका थिए । त्यसपछि त्रिपुरासुन्दरीबाट कता लाग्नुभयो केही पत्ता लागेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);