काठमाडौं, १३ भदौ । धनगढीमा आज समाजवादी मोर्चा नेपालले बिशाल आयोजना गरेको सभा स्थगित भएको छ । मोर्चाका एक हिस्सा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयनमा असन्तृष्टि जनाएपछि आजको सभा स्थगित भएको हो ।
आज बिहान विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रचण्डले एमसीसी कार्यान्वयन गर्ने बताएपछि विप्लवले मोर्चाको सहकार्य तोड्नेसम्मको चेतावनी दिएको बुझिएको छ ।
मोर्चाको घोषणापत्रको मुल मर्मविपरित अघि बढ्न खोजेपछि सभामा जान नसक्ने विप्लव निकटस्थ स्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो ।