स्विडेनको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासमा घट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

स्विडेनको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासमा घट्यो

एजेन्सी, १३ भदौ । स्विडेनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ प्रतिशतले संकुचन आएको छ । मंगलवार जारी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जिडिपीमा १ प्रतिशतले संकुचन आएको हो ।

त्यस्तै लगातार चौथो त्रैमासिकमा पनि घरायसी खपत घटेको बताइएको छ । पहिलो त्रैमासिकमा ०.८ प्रतिशतले जिडिपी घटेको थियो । स्वीडेनको दोस्रो त्रैमासिकको जिडिपी वार्षिक रुपमा २.४ प्रतिशत र त्रैमासिकमा १.५ प्रतिशतले संकुचित भएको छ । त्यस्तै निर्यात ०.८ प्रतिशतले घटेको छ ।

पहिलो त्रैमासिकको तुलनामा आयात ०.१ प्रतिशतले बढेको एससीबीले जनाएको छ । घरायसी खपत पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले घटेको छ । त्यस्तै स्विडिस नागरिकको आयमा गत वर्षको सोही अवधिको तुलनामा ०.३ प्रतिशतले कमी आएको छ । पहिलो त्रैमासिकमा गत वर्षको तुलनामा केन्द्र सरकारको खपतमा ०.८ प्रतिशतको वृद्धि भएको छ । फेब्रुअरीमा जारी युरोपियन आयोगको आर्थिक पूर्वानुमानमा स्विडेनको अर्थव्यवस्थालाई युरोपमै सबैभन्दा खराब अर्थव्यवस्थाको रुपमा सूचिकृत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);