इमरानलाई जमानत तर रिहाइमा रोक : चोरी मुद्दामा आज सुनुवाइ, जमानत भए एजेन्सीले पक्राउ गर्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

इमरानलाई जमानत तर रिहाइमा रोक : चोरी मुद्दामा आज सुनुवाइ, जमानत भए एजेन्सीले पक्राउ गर्न सक्ने

एजेन्सी, १३ भदौ । सरकारी खजाना (तोशाखाना)बाट उपहार बेचेको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले मङ्गलबार धरौटीमा रिहा भएपनि उनी अटक जेलबाट रिहा हुन सकेनन् ।

यसको कारण उनीविरुद्ध गोप्य पत्र चोरी (साइफर गेट केस) मुद्दामा वारेन्ट जारी भएको थियो, त्यसैले उनलाई न्यायिक हिरासतमा राखिएको थियो । यस मुद्दामा आज खानलाई पेश गरिने भएको छ । यहाँ पनि जमानत पाए पनि रिहाइ सहज हुने छैन । खानविरुद्ध तीनवटा मुद्दा छन् जसमा अनुसन्धान एजेन्सीहरूले उनलाई पक्राउ गर्न सक्छन्। यी हुन्– अल–कादिर ट्रस्ट घोटाला, महिला न्यायाधीशलाई धम्की दिने र शपथ पत्रमा छोरीको नाम (टायरिन ह्वाइट) लुकाउने।

मंगलबार किन रिहा हुन सकेनन् इमरान
इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा खानलाई जमानत दियो र तीन वर्षको सजायलाई तत्कालका लागि स्थगित गर्यो। रिहाई आदेश पनि जारी गरिएको थियो । त्यसपछि उच्च अदालतलाई सरकारी वकिलले दुई हप्ता अघि साइफर गेट मुद्दामा खान विरुद्ध वारेन्ट जारी गरेको बतायो । उनी यस मुद्दामा न्यायिक हिरासतमा छन्। उनलाई बुधबार अदालतमा पेश गरिने छ । यसपछि मात्रै रिहा वा कैदको निर्णय हुन सक्छ ।

इमरानकी श्रीमती बुशरा पनि तोशाखाना मुद्दामा अभियुक्त छिन् । उनी अहिलेसम्म अनुसन्धान एजेन्सीसामु हाजिर हुन छाडेकी छिन् । केही दिनअघि बुशरालाई सोधपुछका लागि समन जारी गरिएको थियो । उनी हाजिर नभएपछि अनुसन्धान एजेन्सीले उक्त समन पत्रिकामा छापेका थिए । पाकिस्तानको टिभी च्यानल ‘दुनिया न्यूज’का अनुसार इमरानपछि बुशरालाई पनि पक्राउ गर्न सकिन्छ ।

इमरानविरुद्ध चारवटा मुद्दा छन्, जसमा उनीविरुद्ध बलियो प्रमाण छ । त्यसैले संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीहरू उनको पर्खाइमा छन्। त्यसैले बुधबार धरौटीमा परे पनि यी दुई अनुसन्धान एजेन्सीमध्ये कुनै एकलाई जेलबाहिरै पक्राउ गर्न सक्ने सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);