मुलुकको आर्थिक समृद्धिका लागि प्रतिष्पर्धा गर्ने बेला आयो : उपराष्ट्रपति पुन | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

मुलुकको आर्थिक समृद्धिका लागि प्रतिष्पर्धा गर्ने बेला आयो : उपराष्ट्रपति पुन

काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि प्रतिष्पर्धा गर्ने बेला आएको बताएका छन् ।

माघे संक्रान्तिको अवसर पारेर सोमबार नेपाल मगर संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब गठन हुने प्रदेश सरकारले आर्थिक समृद्धिका लागि प्रतिष्पर्धा गर्नुपर्ने बताएका हुन् ।

उनले संघीयता नै मुलुकको आर्थिक समृद्धिको आधार बन्नुपर्नेमा जोड दिए ।  उपराष्ट्रपति पुनले निर्वाचनपछि बाँकी कार्यभार पुरा गर्न दलहरु इमान्दार भएर अघि बढ्नुपर्नेमा पनि कुरा राखेका थिए  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);