मनोज गजुरेलको गाईजात्रा भदौ १४ देखि प्रज्ञामा | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

मनोज गजुरेलको गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको टिमले २०८० सालको गाईजात्रा भदौ १४ गतेबाट प्रज्ञा भवनमा देखाउने भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रम गर्दै यसबारेमा जानकारी गराइएको हो । कार्यक्रममा बोल्दै व्यंग्य कवि शैलेन्द्र सिम्खडाले आफूले चौथो पुस्तासम्म गाईजात्रा गरेको र यस वर्षको गाईजात्रामा पुस्ता हस्तान्तरणको पाठ राजनीतिक दलका नेताहरुलाई सिकाउने बताउनु भयो । उहाँले गाईजात्रा भदौ १४, १६ र १७ गते प्रज्ञा भवनमा हुने बताउनु भयो । उहाँले संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको उद्देश्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले गरेको यो चौथो पुस्तासम्मको गाईजात्रा हो । हामीले यसपालिको गाईजात्रामा पुस्ता कसरी हस्तान्तरण हुन्छ भन्नेकुरा हामी नेताहरुलाई देखाइदिन्छौँ । १४, १६ र १७ गते गाईजात्रा प्रज्ञा भवनमा देखाउनेछौँ । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको उद्देश्य हो ।’

कार्यक्रममा बोल्दै वरिष्ठ हास्य कलाकार गजुरेलले अब पुस्ता हस्तान्तरणको बेला भएको र यस वर्षको गाईजात्राको उद्देश्य पनि सोही रहेको बताउनु भयो । उहाँले यस पटकको गाईजात्राले मानिसको दिल हसाउने प्रयास गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब पुस्ता हस्तान्तरणको बेला हो । ६० माथिका अंकलहरुले ४० तिरका युवाहरुलाई हस्तान्तरण गर्नुपर्छ । यो ३० वर्षमा परिवर्तन के भएछ ? हामी यसको समीक्षा गर्नसक्छौँ । हाम्रो प्रश्तुतीमा मान्छेको दिल हसाउने प्रयास गरेका छाँै ।’

कार्यक्रममा हास्य कलाकार सुवोध गौतमले देश मेरो हुनुपर्ने, पार्टी हाम्रो हुनुपर्ने र राजनीति राम्रो हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देश मेरो हुनुपर्छ, पार्टी हाम्रो हुनुपर्छ, हीतका लागि गरोस् कोही राजनीति राम्रो हुनुपर्छ ।’

कार्यक्रममा अन्य कलाकारहरुले पनि यस वर्षको गाईजात्रा उत्कृष्ट रहेकाले हेर्न जान आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);