यो सरकार फेल खादैनँ, सफल हुन्छः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

यो सरकार फेल खादैनँ, सफल हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको हो । उहाँले सरकार सफल हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकार गठन र पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री दाहालले सरकार फेल नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);