निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैनः कानूनमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैनः कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले सो दावी गर्नु भएको हो । सांसदहरुले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरुलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताउनु भयो । जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उहाँको भनाई थियो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘विचौलियो हाबी भएर विधेयकहरु आयो भन्ने माननीय सदस्यहरुको अभिव्यक्तिप्रति मेरो आपत्ति छ । धनराज गुरुङ आजको मितिसम्म कहीँ पनि, कतै पनि चुकेको छैन । भोलिका दिन पनि चुक्दैन । त्यसो भएको हुनाले निष्ठाको राजनीति गर्ने हो । निष्ठाको राजनीति गर्न नसकेको दिनमा बिदा लिएर बस्ने हो । सधैँ मन्त्री भइन्छ भन्ने होइन । सधैँ राजनीतिक गरिरहनु पर्छ भन्ने पनि छैन । विचौलियाकै बिरुद्ध लडेर यहाँसम्म आएको छु । सामन्तवादकै बिरुद्धमा लडेर यहाँसम्म आएको छु । तर आज यहाँ एउटा विधेयक संशोधन गर्ने क्रममा विचौलिया हाबी भयो भनेर तरबार नै गर्धनमा हान्न खोज्नु त यो अलि मिलेन कि ? निवेदन गर्न चाहन्छु–मेरो पृष्ठभूमि हेरे पुग्छ । म खुला पाना हुँ, पढे हुन्छ ।’

मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलिया बिरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरुलाई अनुरोध गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);