हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु हुँदैनः रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु हुँदैनः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु नहुने धारणा राख्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने बताउनु भयो । यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने बताउनु भयो ।

उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रश्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);