एमसीसीका उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८२, शनिबार

एमसीसीका उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै

काठमाडौं, १२ भदौ । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज नेपाल आउँदैछन् । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख अलफोर्ड एमसीसी कार्यान्वयनको औपचारिक घोषणाहुने कार्यक्रममा सहभागी हुन काठमाडौं आउन लागेका हुन् ।

अलफोर्डले एमसीसीसँगै अन्य अमेरिकी परियोजना र स्थानीय सांस्कृतिक क्षेत्रमको भ्रमण गर्ने जनाइएको छ । क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ । उनले १५ गते फर्किने कार्यक्रम छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसिसी बुधबारदेखि कार्यान्वयन हुदैछ । यसको समय सीमा कार्यान्वयन सुरुभएको दिनदेखि पाँच वर्षको हुने छ ।

समयमा परियोजना नसकिए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ । एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिनेछ । नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर लगानी गर्नुपर्ने छ । नेपालेपनि सम्झौताका सबै शर्तहरु पुरा गरेपछि एमसीसी कार्यान्वयनमा आउने भएको हो । क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि हस्ताक्षर भएको एमसीसी कम्प्याक्टको एमओयू लामो विवादकाबीच नेपालको संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको हो । २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरेको एमसीसि सम्झौता २०७८ फागुन ८ गते टेबल भएर फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);