सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाको मृत्युपछि गुल्मी अस्पताल तनाबग्रस्त | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सामान्य पेट दुखेर अस्पताल ल्याइएकी बालिकाको मृत्युपछि गुल्मी अस्पताल तनाबग्रस्त

काठमाडौं, १२ भदौ । गुल्मी अस्पताल यतिबेला तनाबग्रस्त बनेको छ । सो अस्पतालमा उपचाररत एक बालिकाकोे मृत्यु भएपछि आफन्तहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ काउलेकी ७ वर्षीया बालिका प्रंशसा मरासिनीको मंगलबार बिहान मृत्यु भएको थियो । तर अस्पतालले भने मृत्यृको कारण खुलाउन सकेको छैन् ।

प्रशसालाई सोमबार सामान्य पेट दुखेर अस्पताल ल्याइएको थियो । पछि उनले बान्ता गरेपछि भर्ना गरिएको आफन्तहरु बताउँछन् । अस्पतालको लापरबाहीको कारण उनको मृत्यु भएको भन्दै आफन्तहरु नाराबाजी गरिरहेका छन् । बालिकाका आफन्तहरुले अस्पतालसँग मृत्युको कारण मागिरहेका छन् । अस्पतालले भने बिरामीको मृत्युको कारण पत्ता लगाउन नसकेको बताइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);