कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छः विप्लव | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्छः विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरु, कम्युनिस्टहरु एक ठाउँमा आउनैपर्ने बताउनुभएको हो । विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरु एक हुनुपर्ने बताउनु भयो । उहाँले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउनु भयो । उहाँले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको बताउनु भयो ।

उहाँले नेपालमा राजनितिक अन्तरबिरोध फेरीएको भन्दै नेपाली जनताको मुख्य लडाई अमेरीकी साम्राज्यवाद बिरुद्ध रहेको बताउनु भयो । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्ने प्रवृत्तिले देश र जनताको पक्षमा नसोच्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);