यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

यति, ओम्नीसहित सबै प्रकरणको छानबिन गर्न सरकारलाई एमाले अध्यक्ष ओलीको चुनौति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौति दिनुभएको छ ।

अध्यक्ष ओलीले सरकार र सत्तारुढ दललाई भ्रष्टहरुको संज्ञा दिँदै आफूमाथि आरोप लगाइएका सबै विषयमा छानबिन गरे उनीहरु आफैँ जेल जाने जिकिर समेत गर्नुभयो । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्री गरी कमिसन खानेहरुले आफूलाई बदनाम गराउने कोशिस गरिरहेको उल्लेख गर्दै त्यसमाथि पनि तत्काल छानबिन गर्न सरकारलाई दबाब दिनुभयो ।

ओलीले एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानून निर्माण गरेको तर त्यहाँ कुनैपनि अनियमितता नगरेको पटकपटक दोहो¥याउनु भयो ।

एमालेले कुनैपनि प्रकारको गलत काम नगरेपनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउने गरेको उहाँको गुनासो समेत गर्नुभयो । ओलीले ललिता निवास प्रकरणमा एमालेलाई आरोप लगाउनेहरु अहिले आफैँ भागाभागमा परेको जिकिर समेत गर्नुभयो ।

बाइडबडीबारे छानबिन गरेपनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाई थियो । उहाँले एमालेले देश बनाउने भिजन लिएकोभन्दै सोही उद्देश्य पूरा हुने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनुभयो ।

Leave a Reply

ताजा समाचार