सहकारी संस्थाबाट ल्यापटप चोरी गर्ने तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ७ २०८१, बुधवार

सहकारी संस्थाबाट ल्यापटप चोरी गर्ने तीन जना पक्राउ

मोरङ,११ भदौ । सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रूपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका–७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय बिशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);