सारुक आत्महत्या प्रकरण : मौनतालाइै कमजोरी नठान्न नम्रता श्रेष्ठको अपिल | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

सारुक आत्महत्या प्रकरण : मौनतालाइै कमजोरी नठान्न नम्रता श्रेष्ठको अपिल

काठमाडौं, ११ भदौ । दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युुबारे अभिनेत्री नम्रता श्रेष्ठले पहिलो पटक मुख खोलेकी छिन् । नम्रताले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाट्स लेखेर वास्तविकता उजागर गरेको बताएकी छिन् ।

सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै सत्यता नबुझि समाचार बाहिर आएको उनको गुनासो छ । नम्रताले आफ्नो मौनतालाई कमजोरीको रुपमा नबुुझ्न पनि आग्रह गरेकी छिन् ।

सारुकले आत्महत्या गरेको करिब डेढ महिनापछि अभिनेत्रीले पारिवारको सल्लाहमै आफु चुप बसेको स्पष्ट पारेकी छिन् । आवश्यक परे जतिसुकै जुन बेला पनि मिडियामा बोल्न सक्ने पनि बताएकी छिन् । सारुकका परिवारले पनि आफुसँग सम्पर्क गर्न नचाहेकोमा उनको गुनासो छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);