काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकाको फोहोर जम्मा गर्ने क्षेत्र बन्चरेडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन् ।
सरकार र महानगरले समेत गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गते देखि
फोहोर बिसर्जनमा रोक लगाउने बासिन्दाहरुको तयारी छ ।
उपत्यकाको फोहोरले ओखरपौवा, ककनीसम्मका बासिन्दाको घरमा समेत दुर्गन्ध आएको उनीहरुको गुनासो छ ।
उनीहरुको अनुसार धादिङ धुनिबेसी–१ का स्थानीयहरुलाई बढी असर गरेको छ ।