अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाइने | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

अब सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाइने

काठमाडौं,११ भदौ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको पक्षमा अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै महानगरको सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने निर्णय कार्यान्वयन हुने भएको हो ।

केही समयअघि महानगरले आवासीय एंव व्यवसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरुसँग शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा कप्लेक्स डेभलपर लिजर एशोसियसनले अदालतमा रिट दर्ता गराएको थियो ।

सो रिटमाथि गत २२ साउनमा न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरसँग लिखित जवाफ माग गरेको थियो ।

त्यसपछि अदालतले व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङस्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालिन आदेश दिँदै ३० साउनमा दुबै पक्षलाई बोलाएर छलफल गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);