तनहुँबाट गाई काटेको अभियोगमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

तनहुँबाट गाई काटेको अभियोगमा तीन जना पक्राउ

तनहुँ, ११ भदौ । तनहुँबाट गाई काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट पुगेको थियो ।

गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply