वित्तीय साक्षरताको ज्ञान बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

वित्तीय साक्षरताको ज्ञान बैंकरलाई पनि आवश्यक छ : गभर्नर अधिकारी

काठमाडौं, १० भदौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकका धेरै सेवा र टुल्सबारे बैंकर स्वयंलाई जानकारी नभएको बताउनुभएको हो ।

उहाँले वित्तीय साक्षरताले सर्वसाधारणलाई बैंकको सेवा छनोट गर्न र सही निर्णय लिन सघाउने बताउनु भयो । यस्तै राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा र बैंक भित्र रहेका धेरै सेवाबारे बैंकर स्वयंलाई पनि आवश्यक जानकारी नभएको बताउनु भयो ।

गभर्नर अधिकारीले वित्तीय साक्षरतासँगै डिजिटल कारोबारलाई पनि बढाउन आवश्यक रहेको बताउनु भयो । कारोबारलाई पारदर्शी बनाउने भएकोले वित्तीय साक्षरताको अभियानसँग डिजिटल कारोबारबारे बताउन अनुरोध गर्नुभयो । आफू नोटमा हस्ताक्षर गर्ने गभर्नर भएपनि डिजिटल कारोबार बढोस् भनेर सधैँ कामना गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक क्रियाकलाप चलायमान बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उद्योगी व्यवसायी, बैंक, व्यवसाय तथा सर्वसाधारण सबैको मनोबल कमजोर भएकोले सरकार र राष्ट्र बैंकले ठोस कार्यक्रम ल्याएर वातावरण बनाउनुपर्ने बताउनु भयो । अहिले नै पहलकदमी लिएर काम अगाडी बढाउन नसके पछुताउनु पर्ने दिन आउने पनि बताउनु भयो । अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले अग्रसरता लिन आर्थिक गतिविधि चलायमान बनाउन ढिलो गर्न नहुने बताउनु भयो ।

अध्यक्ष ढकालले पछिल्लो समय बैंकबाट लिएको ऋण तिर्दिन भन्ने समूहले फैलाएको नकारात्मक सन्देशले बैंकप्रति नकारात्मक धारणा र अराजकता बढेकोले सबैले सामुहिक रुपमा यस्ता क्रियाकलापलाइ निस्तेज पर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);