माओवादीबाट संसदीय समितिको सभापतिमा सापकोटा र सुवेदी | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

माओवादीबाट संसदीय समितिको सभापतिमा सापकोटा र सुवेदी

काठमाडौं, १० भदौ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिमा २ उम्मेदवार चयन गरेको छ ।

पार्टीले पाएको २ संसदीय दलको समितिको सभापतिमा माधव सापकोटा र बिमला सुवेदीलाई सभापति बनाउने भएको हो ।

सत्तागठबन्धनको भागवण्डाअनुसार माओवादीलाई पूर्वाधार विकास र कानुन,न्याय तथा मानवअधिकार समिति परेको थियो । सिन्धुपाल्चोक–१ का सांसद सापकोटालाई पूर्वाधार विकास समितिको सभापति र नुवाकोटकी सांसद सुवेदीलाई कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति बनाउने निर्णय गरेको हो ।

सभापतिको लागि आजै ४ बजेसम्म मनोनयन दर्ताको मिति तोकीएको छ । भोलि सभापतिका लागि निर्वाचन हुँदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);