काठमाडौं, १० भदौ । शनिबार निधन भएका कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिदैछ । दिवङ्गत अभिनेता सारुक ताम्राकारका पिता सानुको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
पुत्र वियोगमा मृत्युवरण गरेका अभिनेता तथा जादुगर समेत रहेका सानुको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीका लागि आज पशुपतिमा राखिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।
गत असार २१ गते छोरा सारुकले घरमै आत्महत्या गरेका थिए । एकमात्र सन्तान सारुकको निधनपछि सानुको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । ७४ वर्षिय ताम्राकारको नर्भिक अस्पतालमा उपचारका लागि २८ दिनदेखि भर्ना भएका थिए । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।