काठमाडौं,१० साउन । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिना बितिसकेको छ । यद्यपी संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन् । अब भने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्ने देखिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि घोषणा गरेका छन् । सोहीअनुरुप निर्वाचन प्रक्रियाअघि बढेको हो ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।