नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरीः देउवा | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

नेपालले विपद् न्युनिकरणका लागि आवश्यक कदम चाल्न जरुरीः देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनु भएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका संकट देखा परिरहेको उल्लेख गर्दै त्यसको न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भईसकेको बताउनुभएको हो । सभापति देउवाले जलवायु परिवर्तनकै कारण हिमालमा हिउ नभएको अवस्था आउनु चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसले निम्त्याउने विपद् व्यवस्थापनका लागि नेपाली काँग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आफूहरुले नीतिगत रुपमै धारणा बनाएर अघि बढने समेत बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘जलवायु परिवर्तन मुलुकमा ठूलो चुनौतिको रुपमा देखापरेको छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने राष्ट्र मध्यमा पर्दछ । त्यसैले जलवायू परिवर्तनका कारण हाम्रो हिमालका हिउँहरु पग्लिएका छन । त्यसमा हिउँ छैन अहिले । यस्तो अवस्था भईसकेको छ । यसैकारण अतिवृष्टि, अनावृष्टि लगाएका विपद व्यहोर्नुपरिरहेको छ । यो संकटलाई न्यूनिकरण गर्न बदलिँदो परिस्थिति अनुकुल कदम चाल्नु नेपालको सन्दर्भमा अत्यन्त जरुरी छ । नेपाली काँग्रेसले यस विषयलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । यस विषयलाई नीतिगत कुरासँग जोडेर हामीले अगाडि बढाउनेछौं ।’

सभापति देउवाले नेपालले जलवायु परिवर्तनको नकारात्मक असरबाट बच्न बदलिँदो परिस्थिति अनुसार अघि बढनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);