काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रिनुपर्ने बताउनुभएको छ ।
नेता कोईरालाले मुलुकमा विद्यमान भ्रष्टाचार÷दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरु स्वयं सुध्रनुपर्ने आवश्यक्ता औंल्याउनु भएको हो । नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रवार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टहरुलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरुले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याउनु भयो । नेता कोईरालाले सबै राजनीतिक दलहरुले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैले एउटा प्रण गर्नुपर्छ–हामी सुशासन दिन्छौं । भ्रष्टाचारमा शुन्य सहनशीलता हामी राख्छांै । पारदर्शी हामी हुन्छौं । र, दण्डहिनता हामी स्वीकार गर्दैनौं । यो चार वटा कुराको कमिटमेण्ट मात्रै होइन, बोलेर मात्रै हुँदैन । पहिलेपहिले ते नेताहरुले बोलेपछि त्यसलाई इम्पिमेण्ट गर्थे । अब नेताहरुले बोलेपछि कसैले पत्याउँदा पनि पत्याउँदैन । पत्याउने उपाय के हो भने जसले भ्रष्टाचार गर्छ, जसले बद्मासी गर्छ, जसले दण्डहिनता गर्छ, तिनीहरुलाई कठघरामा नउभ्याउन्जेलसम्म जनतालाई पनि विश्वास हुँदैन । विदेशी शक्तिहरु त झन हुँदै हुँदैन । समृद्ध र समुन्न नेपाल अगाडि बढाउने हो भने हामी सुध्रिन जरुरी छ । हामी सध्रियौं भने भ्रष्टाचार पनि हुँदैन । दण्डहिनता पनि हुँदैन । हामी सुध्रियौं भने पारदर्शीता पनि हुन्छ । र, सुशासन पनि हामी दिनसक्छौं ।’
नेता कोईरालाले भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताउनु भयो ।