ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भयोः घनश्याम भुसाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

ओलीको उदयसँगै राजनीतिमा घृणा शुरु भयोः घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गर्नुभयो ।

उहाँले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उहाँले अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भत्र्सनामा उत्रिनेहरु आएको उल्लेख गर्नुभयो । उहाँले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भापना टुटेको उल्लेख गर्नुभयो ।

राजनीतिमा अहिले घृणित संस्कृति हामी भइरहेको बताउनु भयो । उहाँले गठबन्धनमा काँग्रेससँगै आफूहरु रहेपनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भ्विष्य नभएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);