गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो । उहाँले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताउनु भयो ।

उहाँले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताउनु भयो । उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताउनु भयो। उहाँले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताउनु भयो। प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको बताउनु भयो। उहाँले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गर्नुभयो ।

उहाँले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply