गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भएको छः ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षड्यन्त्र भएको छः ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनुनहुने बताउनुभएको छ ।

बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुको प्रश्नको संक्षिप्त जवाफ दिँदै अध्यक्ष ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताउनुभएको हो । उहाँले यस घटनालाई लिएर नेपाली समाजलाई भड्काउने र द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनु भयो । उहाँले यस प्रकारको क्रियाकलाप कसैले गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यसलाई धेरै सेन्सेटिभ बनाउनु हुँदैन । यो राम्रो कुरा होइन । यो अनेक ढंगले नेपाली समाजलाई भाड्ने, भड्काउने, द्वन्द्वमा फसाउने षड्यन्त्र भइराखेको छ । यस्ता कुराहरुबाट नेपाली समाज सजग हुनुपर्दछ । यस्ता नचाहिदा खालका क्रियाकलाप कसैले पनि गर्नुहुँदैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);