कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान सम्मत देखिएनः सर्वोच्च अदालत | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान सम्मत देखिएनः सर्वोच्च अदालत

काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नदेखिएको सर्वोच्च अदालतले ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो ।

अदालतले थापालाई वैध मुख्यमन्त्री नभएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न आदेश दिएको छ ।

विवादित विषयको छिटोछरितो रूपमा निरूपण गर्नु वाञ्छनीय देखिएको भन्दै सर्वोच्चले पूर्ण सुनुवाइका लागि भदौ १५ गते शुक्रबार पेशीमा अग्राधिकार दिई पेस गर्न आदेश दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);